मदन भण्डारीका जोशी निलम्बित

मदन भण्डारीका जोशी निलम्बित

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशी निलम्बनमा परेका छन् । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्न उनलाई बागमती प्रदेश सरकारले निलम्बन गरेको हो ।

प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेको लगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनमा तानिएका उनी स्वत: निलम्बनमा परेका हुन् ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम छानबिन हुने भएसँगै उपकुलपति प्राडा जोशी स्वतः निलम्बनमा परेका हुन् ।जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकुलपतिमा नियुक्त भएका थिए ।

टिप्पणीहरू