सिरियाको राजधानीमा इजरायलको मिसाइल आक्रमण

सिरियाको राजधानीमा इजरायलको मिसाइल आक्रमण

सिरियाको राजधानी दमास्कसमा इजरायलले शक्तिशाली मिसाइल प्रहार गरेको छ । इजरायलले उक्त आक्रमण निरन्तर गर्दै आएको प्राप्त समाचारमा उल्लेख छ । स्थानीय समयअनुसार हिजो गरिएको आक्रमणमा कम्तिमा चार जना सिरियाली सैनिक मारिएका छन् ।

सिरियाली सरकारी समाचार समिति सानाका अनुसार पछिल्लो पटक बुधबार बिहानैदेखि इजरायलले आक्रमण गरेको हो । आक्रमणबाट त्यहाँका भौतिक संरचनामा क्षति पुगेको छ । सिरियाली सैनिकले इजरायलले प्रहार गरेका मिसाइलहरु निस्प्रभावी पारेर खसालिदिएको दाबी गरिएको छ ।

टिप्पणीहरू