महिला मन्त्रीले देख्नेगरी संसदभित्रै सांसदले अश्लील सामग्री हेरेपछि…

महिला मन्त्रीले देख्नेगरी संसदभित्रै सांसदले अश्लील सामग्री हेरेपछि…

बेलायतमा एक जना सांसदमाथि संसदभित्र अश्लील सामाग्री हेरेको आरोप लागेको छ । बेलायती संसदका ती सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामग्री हेरेको आरोप लागेको हो ।

संसदको बैठकमा ती सांसदमाथि उक्त आरोप लागेको दि टाइम्सले जनाएको छ । सांसदको नाम भने सार्वजनिक गरिएको छैन । उनीमाथि पछाडि बसेकी एक महिला मन्त्रीले देख्नेगरी त्यस्तो अश्लील सामग्री हेरेको आरोप लागेको हो ।

मन्त्रीले सांसदले अश्लील सामाग्री हेरेको दाबी गरेकी छन् । गत साता संसदमा भएको एउटा समिति बैठकमा उक्त घटना भएको हो । ती सांसदले अरु बेलामा पनि अश्लिल सामाग्री हेर्ने गरेको अर्की महिला सांसदले आरोप लगाउँदै भनिन्, ‘तर तस्बिर खिच्न नसकेकोमा मलाई दुःख लागेको छ ।’

उक्त घटनाबाट बैठकमा उपस्थित धेरै सांसद स्तब्ध र लज्जित भएको बताउँदै कन्जरभेटिभ पार्टीका सांसद पाउलिन लाथमले भने, ‘संसदजस्तो ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न सकिएको छैन ।’

टिप्पणीहरू