भारतीय प्रधानमन्त्री युरोपमा, विदेशमन्त्री छिमेकमा

भारतीय प्रधानमन्त्री युरोपमा, विदेशमन्त्री छिमेकमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युरोपका तीन वटा देशको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँ जर्मनी,डेनमार्क र फ्रान्स जान लाग्नुभएको हो । प्रधानमन्त्री मोदीले आगामी सोमबारदेखि बुधबारसम्म ती देशको भ्रमण गर्न लाग्नुभएको बताइन्छ ।

यता विदेशमन्त्री डा. एस.जयशंकर बंगलादेश र भुटानको तीन दिने भ्रमणमा निस्कनुभएको छ । जयशंकर आज बंगलादेशको राजधानी ढाका पुगेर भोलि साँझ भुटानको राजधानी थिम्पु जाने कार्यक्रम छ ।

उहाँ शनिवार राजधानी नयाँ दिल्ली फर्कने कार्यक्रम तय भएको छ । यसैबीच बंगलादेश र भारतको सीमा नाका बोर्डर हाट दुई वर्षपछि खुलेको छ ।

टिप्पणीहरू