कमेरेटारकी बृद्धाले हामफालेर ज्यान फालिन्,छोरा घाइते

कमेरेटारकी बृद्धाले हामफालेर ज्यान फालिन्,छोरा घाइते

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ कमेरेटारमा एक वृद्धाले आत्महत्या गरेकी छन् । ७४ वर्षीया मनमाया तिमिल्सिनाले ५० मीटर अग्लो पर्खालबाट फाल हालेर प्राण त्यागेकी हुन् ।

उनीसँगै हाम फालेका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना भने घाइते भएका छन् ।

प्रहरीका अनुसार गए राति करिब साढे १० बजेतिर आमा–छोरा पर्खालमा चढेर हाम फालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (एसपी) राजु पाण्डेले जानकारी दिए । उनका छोरा मातुरामको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपछि वीर अस्पतालमा थप उपचार भइरहेको छ ।

मोरङको सुन्दर हरैंचा नगरपालिका-९ बिराटचोक घर भएका उनीहरु कमेरेटारमा डेरा गरी बस्दथे । दुवैजना डिप्रेशनको बिरामी रहेको र लामो समयदेखि औषधी सेवन गर्दै आइरहेको भन्ने बुझिन आएकाले थप अनुसन्धान भइरहेको एसपी पाण्डेले जानकारी दिए ।

टिप्पणीहरू