आङ सान सुकीलाई अब ११ बर्ष जेल

आङ सान सुकीलाई अब ११ बर्ष जेल

म्यानमारको विशेष अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ । नोबेल पुरस्कार विजेता सुकीलाई छ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोपमा उक्त आदेश भएको हो ।

अदालतमा बहस गरेका सुकीका वकिलहरूलाई सञ्चारकर्मीहरुसँग कुराकानी गर्नमा प्रतिबन्ध लगाइएको थियो । अघिल्लो वर्ष फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सुकीलाई सैन्य हिरासतमा राखिएको छ ।

७६ वर्षीया सुकीलाई अन्य थुप्रै फौजदारी अभियोगहरू लगाइएको छ । आजको आदेशपछि अब सुकीले जेल बस्नुपर्ने कूल समय ११ वर्ष पुगेको छ ।

म्यानमारको सैन्य सरकारले आजको अदालतको आदेशपछि सर्वसाधारण र सामान्य राजनीतिक नेता तथा कार्यकर्तालाई दशकौँसम्म जेल जीवन बिताउनुपर्ने घुमाउरो सन्देश दिएको बताइन्छ ।

टिप्पणीहरू