अब जुवाडेले के खेल्ने ?

अब जुवाडेले के खेल्ने ?

उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।

आगामी असार मसान्तसम्म मोबाइल फोन, २ सय ५० सिसीमाथिका मोटरसाइकल, विलासी गाडी, मदिरा, सुर्तीजन्य पदार्थ, खेलौना आयात गर्न पाइने छैन ।

यस्तै जंक फुड, तास, हिरा, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजनको आयातमा पनि सरकारले रोक लगाएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालमा ३५ करोड रुपैयाँको तास भित्र्याइएको छ । यो वर्षको पहिलो आठ महिनामा झण्डै १९ करोड रुपैयाँको तास आयात गरिएको छ ।

टिप्पणीहरू