एमाले अध्यक्ष र राष्ट्रपतिबीच भेटघाट

एमाले अध्यक्ष र राष्ट्रपतिबीच भेटघाट

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्न शीतल निवास पुग्नुभएको छ । उहाँ आज साँझ महाराजगञ्जस्थित शीतल निवास प्रवेश गर्नुभएको हो ।

करिब ६ बजेको हाराहारीमा अध्यक्ष ओली शीतल निवास पुुग्नुभएको हो । उहाँहरुबीच साँझ सवा ६ बजेदेखि भेटघाट भएको उच्च स्रोतले समेत पुष्टि गरेको छ ।

मुलुक स्थानीय चुनावको माहौलमा होमिएको बेलामा प्रमुख प्रतिपक्षी दलको नेता र रास्ट्रपतिबीचको आजको भेटलाई कता कता नमिलेजस्तो देखिएको बुध्दिजीवीहरु बताउँछन् ।

टिप्पणीहरू