भागेका सिंहलाई फेरि अदालतमा उभ्याइयो

भागेका सिंहलाई फेरि अदालतमा उभ्याइयो

सिन्धुलीका एक फरार प्रतिवादीलाई पुनः अदालत पठाइएको छ । २०७४ फागुन २ गते जिल्ला अदालत सिन्धुलीबाट एक महिना कैद र ४० हजार छ सय ६९ रुपैयाँ ३४ पैसा सजाय तोकिएपछि भागेका उनलाई पुनः अदालतमा बुझाइएको हो ।

अदालतमा बुझाइएका फरार प्रतिवादी हरिहरपुरगढी गाउँपालिका ८ रामचुवा बस्ने ४३ वर्षीय कर्मा सिंह भन्ने कामी सिंह लो (दिल बहादुर लो) हुन् । उनलाई बिनाइजाजत काठ कटान गरी ओसारपसार गरेको मुद्दामा (लगत नं. ११२३) अनुसार कारबाही भएको थियो । तर, उनी हालसम्म फरार थिए ।उनलाई हिजो इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले घर नजिकैबाट शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू