स्वास्थ्यमन्त्रीले आफूलाई ‘मूर्ख’ स्वीकारे

स्वास्थ्यमन्त्रीले आफूलाई ‘मूर्ख’ स्वीकारे

कोरोना संक्रमण फैलन नदिन पूरै देशलाई लकडाउन गरिएको छ । सरकारले सबैलाई घरभित्रै बस्न बारम्बार अनुरोध गरिरहेको छ । अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन मापदण्ड बनाइएको छ । तर,आफैँ सहभागी क्याबिनेट  बैठकले पारित गरेको  मापदण्डलाई मन्त्रीले नै उल्लंघन गरेपछिको सनसनीपूर्ण समाचारले तहल्का मच्चायो । यसरी लकडाउन उल्लंघन गर्ने अन्यत्र नभई न्यूजील्याण्डका स्वास्थ्य मन्त्री डेभिड क्लार्क हुन् ।

अष्ट्रेलियाले चार हप्ते लकडाउन घोषणा गरेको थियो । अहिले त्यहाँ अन्तिम साताको लकडाउन चलिरहेको छ । दुई साताअघि लकडाउनको बेवास्ता गर्दै मन्त्री क्लार्क १२ माइल टाढाको समुन्द्री किनारसम्म सपरिवार गाडीमा गएका थिए । जबकि न्युजिल्यान्ड  सरकारले जनतालाई संक्रमणबाट जोगिनको लागि कम्तिमा चार सातासम्म घरमा बसेर ऐतिहासिक बलिदान गर्न बारम्बार आग्रह गरिरहेको छ । तर, लकडाउनको बेलामा पनि समुन्द्री किनारमा परिवारसँग स्वयम् स्वास्थ्यमन्त्री रमाइरहेको तस्बिरसहितको समाचार सार्वजनिक भएपछि उनले आत्मालोचनासहितको विज्ञप्ति नै जारी गर्नुपर्यो । विज्ञप्तिमा मन्त्रीले ‘म कत्तिको मूर्ख रहेछु, त्यसैले पो मानिसहरु मसँग रिसले चुर भएका रहेछन्’ भन्दै आफूलाई ‘मूर्ख’ स्वीकारेका छन् ।

प्रधानमन्त्री जेसिन्दा अर्देनले पनि मन्त्रीले लकडाउन उल्लंघन गरेको घटनालाई गम्भीर रुपमा लिँदै उनलाई कनिष्ठ मन्त्रीमा झारिदिएकी छिन् । ‘यदि अहिले महामारीको अवस्था थिएन भने म क्लार्कलाई तत्काल पदमुक्त गरिदिन्थेँ । तर, स्वास्थ्य क्षेत्रमा थप अवरोध नहोस् भन्दै स्वास्थ्य मन्त्रीबाट सहायक अर्थमन्त्रीमा घटुवा गरिदिएको छु ’ प्रधानमन्त्रीले घटुवा गर्नुपरेको कारणमा उक्त व्यहोरा उल्लेख गरेकी हुन् ।

टिप्पणीहरू