डोल्पामा माधव नेपालको पार्टी निर्विरोध

डोल्पामा माधव नेपालको पार्टी निर्विरोध

आगामी स्थानीय तह निर्वाचनको निम्ति मनोनयन गर्ने दोस्रो तथा अन्तिम दिन आज नेकपा एकीकृत समाजवादीका तीन जना उम्मेदवार निर्विरोध भएका छन् ।

आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न अरु नआएपछि एकीकृत समाजवादीबाट दुई वटा गाउँपालिकाका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष अंगद राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएको बताइएको छ ।

उता डोल्पो बुध्द गाउँपालिकाका उपाध्यक्ष र अन्य छ जना वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएको जानकारी दिइएको छ । निर्वाचन अधिकृतको कार्यालयले त्यसको औपचारिक घोषणा भने गरेको छैन ।

टिप्पणीहरू