अमेरिकाद्वारा युक्रेनमा बन्द राजदूतावास खोल्ने तयारी

अमेरिकाद्वारा युक्रेनमा बन्द राजदूतावास खोल्ने तयारी

संयुक्त राज्य अमेरिकाले युद्धग्रस्त युक्रेनमा आफ्नो दूतावास पुनः खोल्ने भएको छ । अमेरिकी अधिकारीहरुले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास फेरि खोल्ने तयारी भएको पुष्टि गरेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि असुरक्षित असुरक्षित महशुस गर्दै अमेरिकाले दूतावासका सबै कर्मचारीलाई फिर्ता बोलाउँदै दूतावास अनिश्चितकालसम्म बन्द गराएको थियो ।

अहले युक्रेनलाई थप सहयोगको आवश्यकता परेको जनाउँदै अमेरिकाले दूतावास खोल्न लागेको बताइएको छ । अमेरिकाले यसबीचमा युक्रेनलाई केही आधुनिक हतियार र आर्थिक सहयोग उपलब्ध गराएको छ ।

टिप्पणीहरू