वेशीसहरमा चुनावको रन्को, नेताहरुलाई हनहनी ज्वरो

वेशीसहरमा चुनावको रन्को, नेताहरुलाई हनहनी ज्वरो

कपटपूर्ण ढंगले बेसीसहर नगरपालिकाका मेयर गुमानसिङ अर्यालको नाम हटाएर जिल्ला अध्यक्षसहितको सचिवालयले प्रदेशमा पठाएपछि गण्डकी प्रदेश एमाले इञ्चार्ज तथा केन्द्रीय सचिव पद्मा अर्यालले गत ७ गते पोखराको होटल मुनलाइटमा आयोजित स्थानीय निर्वाचन केन्द्रित गण्डकी प्रदेशस्तरीय भेलामा लमजुङे नेताको सातो लिइन् । कार्यक्रममा सँगैरहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि सचिव अर्यालको आक्रोशमा मौन सहमति जनाएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि गुमानसिङलाई छेक्नै खोजिएको थियो । तर अन्तिम समयमा आएर अर्याल बाहेकले निर्वाचन जित्न नसक्ने भन्ने निश्कर्ष निकालेपछि उनले टिकट प्राप्त गरेर जितेका हुन् । २०४३ सालमा जनपक्षीय प्रधानपञ्चदेखि गाविस अध्यक्ष हुँदै मेयर बनेका अर्यालको विकल्प अहिले विषम परिस्थितिमा अर्यालले टिकट पाएपछि एमाले लमजुङका केही नेता ज्वरोले थलिएको खबर छ ।

चारदलीय गठबन्धनबाट नेपाली काँग्रेसका श्रीकान्त घिमिरे प्रत्यासी बनेका छन् । व्यापक चर्चा हरि बरालको भए पनि घिमिरेको पैसाको खोलोले हरि बराल पाखा लागेको काँग्रेस वृतमा चर्चा छ । भद्रकाली आयल स्टोरका सञ्चालक घिमिरेले पम्पमा मिसावट गरेको उजुरी परेपछि लामो समय प्रशासनले पम्पमा ताल्चा लगाइदिएको थियो । जग्गा कारोबारी समेत रहेका घिमिरेको छबि लमजुङमा त्यत्ति सुन्दर छैन ।

गत प्रदेश निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भए पनि एमालेका उम्मेदवार भीमबहादुर गुरुङ तुलानात्मक रूपमा कमजोर नै मानिएकाले सुन्दरबजारमा गठबन्धनले जित्न सक्ने आकलन गरिएको हो ।

मिटर ब्याजी, लाहुरेको पेन्सनपट्टा डिग चर्को ब्याजमा रकम लगानी, अनैतिक सम्बन्धले कतिको घरबार स्वाहा भएको चर्चा बेसीसहरको अधिकांश गल्लीमा सुन्न थालिएको धेरै भएको छ । त्यसैगरी घिमिरेलाई चुनाव जित्न यसकारण पनि असहज किन देखिँदैछ भने २०७४ मा भेषबहादुर पौडेललाई अन्तर्घात गरिँदाको दाग पौडेल पक्षले भुल्न अझै सकेको छैन ।  सबैको चासोको केन्द्र बनेको बेसीसहर नगरपालिकामा पुनः एमालेका अर्यालले चुनाव जित्नेमा शंका किन पनि छैन भने उनको लोकप्रियता हिजोभन्दा आज झन् चुलिएको छ ।

गठबन्धन दलबाट उपमेयरमा नेकपा एकीकृत समाजवादीका मोहन थापा छन् । जो २०५४ सालमा एमालेको तर्फबाट उपाध्यक्ष थिए । थापाको खोट लगाउने कुनै ठाउँ नभए पनि एमालेले गुरुङ समुदायकी शिक्षण पेशाबाट भर्खर अवकाश लिएकी पद्मा गुरुङ उठाएकाले थापालाई पूर्ण रुपमा सजिलो भने छैन ।

सुन्दरबजार नगपालिकामा भने गठबन्धनले मेयरमा राम्रै उम्मेदवार उठाएको चर्चा छ । उनी काँग्रेसका कृष्णप्रसाद कोइराला हुन् । गत प्रदेश निर्वाचनमा एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भए पनि एमालेका उम्मेदवार भीमबहादुर गुरुङ तुलानात्मक रूपमा कमजोर नै मानिएकाले सुन्दरबजारमा गठबन्धनले जित्न सक्ने आकलन गरिएको हो ।

उक्त पालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबाबु अधिकारी उठेका छन् । उनैको क्षेत्रबाट गत ७ गते दर्जनबढी कार्यकर्ता एमालेमा फर्किएका छन् । एमालेबाट भवानी केसीलाई उठाइएको छ । मध्यनेपाल नगरपालिकामा गठबन्धनले रमेश पाण्डेलाई नै दोहोर्याएको छ । नेपाली काँग्रेसका पाण्डेसँग उनकै नेता तथा कार्यकर्ता असन्तुष्ट देखिन्छन् । एमालेले उपमेयरमा विजयी राजकुमार श्रेष्ठलाई मेयर र सीता गुरुङलाई उपमेयरमा खडा गरेको छ ।

राईनास नगरपालिकामा एमालेले मेयर सिंहबहादुर थापालाई मेयरमा दोहोर्याएको छ । गठबन्धनमा खड्कबहादुर गुरुङलाई प्रत्यासी बनाइएको छ । समाजसेवी तथा वौद्धिक व्यक्तित्वको छबि बनाएका कृष्णराज ओलियालाई काँग्रेसले टिकट दिएको भए थापालाई निकै सास्ती पर्ने अनुमान गर्न थालिएको छ ।

एमालेले बेसीशहर, राईनास र मध्यनेपाल नगरपालिकासहित तीनवटा गाउँपालिका क्व्होलासोथार, मस्र्याङ्दी, दोर्दीमा जित्ने दाबी गरिरहेको छ । तर गठबन्धनले भने यसपटक जिल्लाबाट एमाले सकिने दलिल पेस गरेको छ ।

-अञ्जनकुमार

टिप्पणीहरू