माग पूरा नभएपछि फेरि ताल्चा झुण्डाइयो

माग पूरा नभएपछि फेरि ताल्चा झुण्डाइयो

अमृत साइन्स कलेज (अस्कल) मा फेरि ताल्चा झुण्डाइएको छ । क्याम्पसमा विद्यार्थीहरुले आज पुनः तालाबन्दी गर्दै धर्ना कार्यक्रम सुरु गरेका छन् ।

बैशाख ४ गते विभिन्न माग राख्दै क्याम्पसको लेखा र प्रशासन शाखामा ताल्चा लगाइएकोमा ९ गते माग पूरा गर्ने सहमति भएपछि खोलिएको थियो । तर त्यसपछि सहमति कार्यान्वयन नभएको भन्दै आजदेखि विद्यार्थीहरुले ताल्चा लगाएका हुन् । उनीहरुले क्याम्पसमा दिउँसो साढे २ बजेदेखि ताल्चा लगाएका हुन् ।

सिएसआईटी, बीआईटी र क्याम्पसका विभिन्न संकायका प्रमुखहरु तथा विद्यार्थी संगठनहरुबीच गत ९ गते माग पुरा हुने गरि सहमति भएको विद्यार्थी संगठनहरुको दाबी छ । ताल्चा लगाउने कार्यक्रममा सम्पूर्ण बीआईटी र बीएसआईटीका विद्यार्थीको उपस्थिति थियो ।

उनीहरुले लेखा शाखा, प्रशासन शाखाको च्यानल गेट र सीएसआईटी विभागमा ताल्चा लगाएका छन् । बीआईटी ल्याब निर्माण गरि विद्यार्थीहरुलाई अध्ययनको निम्ति सहज वातावरण बनाउनु पर्ने, छात्रावास परिसरको शौचालय निर्माण हुनुपर्ने, लाईब्रेरीलाई रेट्रोफिटिङ गरिनुपर्ने, क्याम्पसको जग्गाको लालपूर्जा छिटो लिनुपर्र्नेे, तथ्याङ्कशास्त्रमा ल्याबको निम्ति आवश्यक कम्प्युटरको व्यवस्था गर्ने तथा बीआईटी र सीएसआईटीको लागि पर्याप्त स्थान नभएकाले भवन निर्माणको कार्य अगाडि बढाउनुपर्ने माग विद्यार्थीहरुले राखेका छन् ।

टिप्पणीहरू