भक्तपुरमा ज्वाईं र जेठानको भिडन्त पक्का

भक्तपुरमा ज्वाईं र जेठानको भिडन्त पक्का

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाईं र जेठानको भिडन्त हुने निश्चित भएको छ । नेकपा एमालेबाट मेयर पदका उम्मेदवार मदनकृष्ण श्रेष्ठ र नेपाली काँग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो ।

सुरेन्द्र मदनसुन्दरका जेठान हुन् भने मदनसुन्दर वर्तमान मेयर हुन् । नेकपा एमालेले नयाँ कार्यकालको लागि समेत मदनसुन्दरकै नाम अघि सारेपछि मेयरका लागि ज्वाईं र जेठानको भिडन्त हुने पक्का भएको हो ।

मध्यपुर नगरको कार्यपालिकामा यसअघि पनि काँग्रेस उम्मेदवारको बहुमत भए पनि लोकप्रिय मतका आधारमा मेयरमा मदनसुन्दर विजयी भएका थिए । नेपाल मजदुर किसान पार्टीसँंग गठबन्धन गरेर मदनसुन्दर मेयरमा विजयी भएका थिए ।

त्यसबेला एमालेबाट मदनसुन्दरलाई मेयर र नेपाल मजदुर किसान पार्टीबाट उपमेयरको भागबन्डा लगाइएको थियो । तर, नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार पराजित भएका हुन् । नगरपालिकामा नेपाली काँग्रेस, एमाले र नेपाल मजदूर किसान पार्टी बलिया दाबेदार हुन् ।

टिप्पणीहरू