कताको गोविन्द, कताको शेरबहादुर !

कताको गोविन्द, कताको शेरबहादुर !

एक जना चिकित्सक जो विदेशको  सुखसयल, ऐसआराम सबै चिज त्यागेर आफ्नै माटो सम्झी स्वदेश भित्रन्छ, करिअरलाई दाउमा लगाएर १८ बर्षदेखि करार सेवामा आफनो ज्ञान, सीप, अनुभवलाई स्वदेशको सेवामा  प्रयोग गरिरहन्छ र महामारीसङ्ग जुझ्दाजुझ्दै कार्वाही खान्छ ।

अनि हेर्नुहोस् त अर्काे चिकित्सकलाई, जसले सदैव पदमा रहँदा सरकारलाई दुत्कार्यो, प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरुसम्मलाई ‘पागल’ र माफिया को बात लगायो । उसले जिम्मेवारी सम्हालेको त्रिवि शिक्षण अस्पतालले कहिल्यै गति लिएन । अस्पताललाई लथालिङ्ग पारेर अनशनका अनेक राउन्ड चलायो । सरकारकै तलब खायो, उसैमाथि गाली बर्सायो ।  सरकारले मेडिकल कलेज खोल्न अनुमति दिएको  मनमोहन मेडिकल कलेजदेखि प्रहरी अस्पतालसम्मको सम्बन्धन धरापमा पार्यो ।

त्यहीकारण आज पनि बर्षेनी सयौं नेपाली विद्यार्थी मेडिकल शिक्षा अध्ययनका लागि उसैगरी विदेसिइरहेका छन् । ती डा.गोविन्द केसी आज यो कोरोनाको त्रासमा कहाँ छन् ? तर शेरबहादुर पुन गत बर्ष उपत्यकामै डेंगु फैलिदा होस् वा स्वाइन फ्लु चर्कदा सधैं जनताको साथमा रहेबापत  अहिले कार्वाही झेल्दैछन् !

सरुवा रोगमा  जापानबाट पिएचडी गरेर स्वदेश फर्किएका र १८ बर्षदेखि करार सेवामै कार्यरत उनी सक्रिय  भएको र मिडियामा छाएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण केन्द्रका हाकिम डा. वाशुदेव पाण्डे र प्रवक्ता अनुप बास्तोलाहरुलाई पचेन । त्यही कारण हो उनीहरुले स्वास्थ्य मन्त्रालयका सल्लाहकार तोकिएका डा. खेम कार्कीदेखि महेन्द्र श्रेष्ठहरुसम्मको कान फुके ।  र हठात उनीसँग स्पष्टीकरण सोधियो ।

अहिले सारा विश्व  कोरानासङ्ग लडिरहेको छ तर नेपालमा चाहिँ  स्वास्थ्यकर्मी र सरकारबीच अदृश्य लडाई चलिरहेको छ ।

टिप्पणीहरू