एउटै शहरमा एकै दिन ३९ जना बिते

एउटै शहरमा एकै दिन ३९ जना बिते

चीनको सांघाई शहरमा कोरोना संक्रमणबाट हिजो एकै दिन ३९ जनाको ज्यान गएको छ । योसँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेशनल हेल्थ कमिसनले जनाएको छ ।

शहरमा हिजो कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका छन् । पौने तीन करोड जनसंख्या भएको सांघाई पछिल्लो समय कोरोना संक्रमणको चपेटामा परेको छ । चीनमा पनि ज्येष्ठ नागरिक र खोप नलगाएकाहरुमा कोरोनाको जोखिम देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले उल्लेख गरेका छन् ।

चीनमा कोरोनाबाट मृत्यु हुने अधिकांश ज्येष्ठ नागरिक रहेको बताइएको छ । तर पछिल्लो पटक मृत्यु भएकामध्ये पाँच जनाले खोप लगाएका थिए ।

यसैबीच,राजधानी बेइजिङमा पनि २२ जना नयाँ संक्रमित भेटिएका छन् ।

टिप्पणीहरू