विदेशमा सडक खन्न थाल्यो नेपाली सेनाले « Jana Aastha News Online
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022
Logo
८ आश्विन २०७९, शनिबार
|  Sat Sep 24 2022

विदेशमा सडक खन्न थाल्यो नेपाली सेनाले

प्रकाशित मिति :  १२ बैशाख २०७९, सोमबार ११:००


नेपाली सेनाले अफ्रिकी मुलुक कंगोमा सडक खनेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ त्यहाँ तैनाथ श्री नम्बर २५ फिल्ड गुल्म (इन्जिनियरिङ) ले १२ किलोमिटर लामो सडक खनेको हो ।

सेनाले कातोतो–लिता–जिली सडक खनेर सम्बन्धित निकायलाई हस्तान्तरण गरेको जनाएको छ । सेनाले उक्त सडक साढे दुई महिनामा खनेको हो ।

नेपाली शान्ति सेनाको गुल्मले स्थानीय लिता गाउँको फुटबल मैदानको समेत मर्मत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !