कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

कोरोना संक्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा मुलुकभर १३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार दुई सय ५५ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै दुई सय ६९ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा सात जनामा संक्रमण देखिएको छ । ललितपुर र भक्तपुरमा भने नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४४ रहेको छ । भक्तपुरमा छ र ललितपुरमा १६ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू