प्रधानमन्त्रीमा मत लिन स्वीकार,मेयरमा भोट दिन अस्वीकार

प्रधानमन्त्रीमा मत लिन स्वीकार,मेयरमा भोट दिन अस्वीकार

गठबन्धनमा सहभागी भएको कारण जनाउँदै मुख्यतः काँग्रेसको कास्की, भरतपुर, रुपन्देही, रौतहट, गोर्खालगायतका जिल्लामा विवाद उत्पन्न भएको छ । भोलिसम्म यो असन्तुष्टि अन्य जिल्लामा पनि देखिने अवस्था बन्दै गएको छ ।

सत्तारुढ गठबन्धनले स्थानीय तहको आगामी निर्वाचनमा नेकपा एमालेलाई निकै सकस पार्ने ठानिए पनि नेपाली काँग्रेसका स्थानीय नेता, कार्यकर्ताले धमाधम वक्तव्य जारी गर्दै आपत्ति जनाउन थालेपछि ‘केको पुच्छर काटेर केलाई’ सजिलो भनेजस्तो भएको छ ।

गठबन्धनले दोर्दी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई दिने भनेपछि लमजुङ काँग्रेसको दोर्दी इकाईले सो प्रस्ताव अस्वीकार गर्दै विरोध जनाएको छ ।

“केन्द्र र प्रदेशमा रुखले कम्युनिस्टको चुनावचिन्ह हँसिया हथौड़ा,कलम र कम्युनिस्टले प्रधानमन्त्री,मुख्यमन्त्रीमा काङ्ग्रेसलाई मत हालेर नेतृत्व जिम्मा लगाए पनि तलको मनोविज्ञान भन्ने अचम्मको रहेको बताइन्छ ।”

जिल्लादेखि प्रदेशसम्मका नेताहरुले हिजो जिल्लास्तरीय नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाउँदै कुनै पनि हालतमा दोर्दी काँग्रेसले माओवादीलाई भोट नहाल्ने भनेपछि एमालेका सम्भावित अध्यक्षका प्रत्यासी युवराज अधिकारीलाई खुदो पर्ने देखिएको छ ।

दोर्दी गाउँपालिका माओवादीको भागमा परेपनि पुरानै अध्यक्ष ओमबहादुर गुरुङलाई नै दोहोर्याउने कि समानुपातिकका पूर्वसंघीय सांसद लालबहादुर गुरुङलाई दिने भन्ने निधो गर्न सकेको छैन । नेपाली काँग्रेसले गठबन्धन बिना जित्ने परिस्थिति हुँदाहुँदै नेतृत्व अन्य दललाई दिएर गरेको चुनावी तालमेल काँग्रेस दोर्दीलाई स्वीकार्य नहुने जनाएको छ ।

नेपाली काँग्रेसका पालिका सभापति बिच्छबहादुर घलेले प्रमुख काँग्रेसलाई दिए मात्र तालमेल हुन सक्ने नत्र दोर्दीका काँग्रेसले मतदाता तथा कार्यकर्ताको भावनालाई कदर गर्दै पार्टीले आफ्नै उम्मेदवार उठाउने जनाएको छ । विज्ञप्तिमा प्रदेश सभा ‘क’ सभापति दरजङ गुरुङ,दोर्दी गाउँपालिका सभापति बिच्छबहादुर घलेलगायत २० जनाले हस्ताक्षर गरेका छन् ।

यता, गठबन्धनको एक घटक जसपाले पनि आफ्नो छुट्टै उम्मेदवारका रूपमा खेमजङ गुरुङलाई उठाउने निर्णय गरेको छ । केन्द्र र प्रदेशमा रुखले कम्युनिस्टको चुनावचिन्ह हँसिया हथौड़ा,कलम र कम्युनिस्टले प्रधानमन्त्री,मुख्यमन्त्रीमा काङ्ग्रेसलाई मत हालेर नेतृत्व जिम्मा लगाए पनि तलको मनोविज्ञान भन्ने अचम्मको रहेको बताइन्छ ।

टिप्पणीहरू