हिरोइनको अनुहारमा बेसार र शीरमा दूधको धारा किन बगाइयो ?

हिरोइनको अनुहारमा बेसार र शीरमा दूधको धारा किन बगाइयो ?

अभिनेत्री वर्षा सिवाकोटीले अस्ति दिउँसो विवाह गरेकी छन् । त्यसको एक दिनअगाडि मात्र अर्की अभिनेत्री केकी अधिकारीले लगनगाँठो कसेकी थिइन् ।

यो वर्षको शुरुमै दुई जना अभिनेत्रीले घरजमको बन्दोबस्त मिलाएका छन् । ढिलो होओस्,राम्रै होओस् भन्ने मान्यतालाई पछ्याउँदै फिल्मी क्षेत्रभन्दा बाहिरका पुरुषसँग विवाह गरेका दुवै जना अभिनेत्रीले धनी र विदेशमा बस्नेलाई रोजेको देखिन्छ ।

अरु विषयमा जति हल्ला गरे पनि विवाह गरेको विषयलाई उनीहरुले गुपचुप राख्ने प्रयास गरेको पनि पाइएको छ । सोही क्रममा अभिनेत्री सिवाकोटीले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको रानीवनस्थित रेसु भिल्लामा विवाह गरेकी हुन् ।

अघिल्लो दिन केकी अधिकारीले झैँ सिवाकोटीको पनि विवाहमा परिवारका सदस्य,सीमित आफन्त र साथीहरु मात्रै सहभागी थिए । वर्षा र केकी दुवैले आफ्नो विवाहबारे सामाजिक सञ्जालमार्फत भोलिपल्ट मात्रै जानकारी दिएका हुन् ।

वर्षा र केकी दुवै आफ्ना भावी श्रीमानसँग लामो समयदेखि प्रेम सम्बन्धमा थिए । हिजो सार्वजनिक भएको वर्षाको एउटा फोटोमा विवाहको अघिल्लो दिन गरिएको बेसार घस्ने कार्यक्रम देखाइएको छ ।

आफन्त र साथीहरुले उनको सुन्दर अनुहारमा बेसार दलेर शीरबाट चाँदीको करुवामा गाईको दूधको धारा बनाएर खन्याएका थिए । यसो गर्दा महिलाको शरिर कोमल र आकर्षक बन्ने विश्वास छ ।

टिप्पणीहरू