भरतपुरको मेयरमा अहिलेसम्म कस्सिए ७ जना

भरतपुरको मेयरमा अहिलेसम्म कस्सिए ७ जना

चितवन,भरतपुर महानगरपालिकाको प्रमुख पदमा आज दिउँसो ३ बजेसम्म सात जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये तीन जना विभिन्न राजनीतिक दलका र चार जना स्वतन्त्र उम्मेदवार हुन् ।

आज आवेदन गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल,राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेशनल अर्गनाइजेसनबाट टेकबहादुर पुन छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा रुद्रप्रसाद सापकोटा,मोहित पाण्डे,यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले मनोनयन दर्ता गराएका हुन् । तर सत्तारुढ दलहरुको गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीलगायतले भने अहिलेसम्म मनोनयन दर्ता गराएका छैनन् ।

टिप्पणीहरू