अटेरी समूहका गणेश पोखराको मेयरमा भिड्ने

अटेरी समूहका गणेश पोखराको मेयरमा भिड्ने

अटेरी अभियान चलाउँदै आएका गणेश पौडेलले पोखरा महानगरपालिकाको मेयरमा उम्मेद्‌वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा पौडेलले उम्मेद्‌वारी दर्ता गराएका हुन् ।

अघिल्लो चुनावदेखि नै फरक गतिविधि गर्दै आएका उनले अहिले मेयरमा उम्मेद्‌वारी दिएका हुन् । उनको १ नम्बरमा दर्ता भएको छ । अटेरीबाट पोखराका थप १७ वटा वडामा अध्यक्षको उम्मेद्‌वारी पर्ने बताइएको छ ।

आफ्नै लोगो अंकित टिसर्ट लगाएर आएका अभियानका सदस्यहरुले अहिले उम्मेद्‌वारी दर्ता गराइरहेका छन् । पौडेलको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जीसी छन् । दुवैजना नयाँ मतदाता हुन् ।

टिप्पणीहरू