आज डेढ दर्जन संक्रमित, दुई दर्जन बढी निको

आज डेढ दर्जन संक्रमित, दुई दर्जन बढी निको

गत २४ घण्टामा मुलुकभर १८ जना कोरोना संक्रमित भेटिएका छन् । दुई हजार एक सय ३३ जनामा पिसिआर र एक हजार पाँचसय १८ जनामा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै दुई सय ८२ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा चार जनामा संक्रमण देखिएको छ । ललितपुरमा एक र भक्तपुरमा भने नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४४ रहेको छ । भक्तपुरमा छ र ललितपुरमा १६ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू