हिजो केकीको, आज वर्षाको पालो

हिजो केकीको, आज वर्षाको पालो

नयाँ वर्ष २०७९ शुरु हुने बितिक्कै नेपाली नायिकाहरु भटाभट लगनगाँठो कस्न थालेका छन् । विवाह अघिको प्रेम सम्बन्ध गुपचुप राखेझैं लगनगाँठो कसेको क्षणलाई पनि प्रचारमा ल्याउन चाहेका छैनन् ।

हिजो मात्रै नायिका केकी अधिकारीले सुटुक्क विवाह गरिन् । आज फेरि राजधानीमा अर्की अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन् । सिवाकोटीले प्रेमी आशिषसँग विवाह गरेको स्रोतले बताएको छ ।

उनीहरुको विवाह काठमाडौंको नागार्जुनस्थित रानीवन छेउको रेसु भिल्लामा भएको हो विवाह अहिले पनि भइरहेको छ । ‘नाईं नभन्नु ल २’ बाट फिल्मी यात्रा तय गरेकी वर्षाले पशुपतिप्रसाद, वीर विक्रम २, लप्पनछप्पन २, पुरानो बुलेट, कारखानालगायतका फिल्ममा अभिनय गरेकी छन् ।

वर्षासँग वैवाहिक बन्धनमा बाँधिएका आशिष अमेरिकामा बस्ने स्रोतको दाबी छ । हिजो विवाह गरेकी अधिकारीले रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।

टिप्पणीहरू