राजधानीमा पर्सिदेखि पुरानो पाइपमा नयाँ पानी

राजधानीमा पर्सिदेखि पुरानो पाइपमा नयाँ पानी

काठमाडौँ उपत्यकामा आइपुगेको मेलम्ची खोलाको पानी पर्सिदेखि घर घरमा वितरण गरिने जानकारी दिइएको छ । पानी वितरणको निम्ति सबै ठाउँमा नयाँ पाइप नबिच्छाइएको, बिच्छाइएका ठाउँमा पनि सबै परीक्षण नभएकाले आधाभन्दा बढी स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्न लागिएको हो ।

असार १ गते राति आएको बाढीका कारण मेलम्चीको पानी वितरणमा १० महिना व्यवधान आएको हो । अघिल्लो वर्षको फागुनदेखि नै उक्त खोलाको पानी काठमाडौंमा ल्याइएको थियो । तर असारको बाढीले मुहानलाई पुरेपछि अहिले अस्थायी रुपमा बनाएर ल्याइएको हो ।

मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी ल्याउने बताइएको छ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७–१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर पानी उपत्यकामा ल्याउने योजना बनाइएको छ ।

टिप्पणीहरू