बेलैमा पृथ्वीको संरक्षण गर्न विज्ञको सुझाव

बेलैमा पृथ्वीको संरक्षण गर्न विज्ञको सुझाव

अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । काठमाडौंसहित मुलुकभर विभिन्न कार्यक्रम गरेर आज यो दिवस मनाईंदै छ ।

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । यसलाई कम गर्दै कसरी पृथ्वीलाई सुरक्षित तवरले विकास गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य राखेर आगामी दिनमा अघि बढ्नुपर्ने विज्ञहरुको सुझाव छ ।

जलवायु परिवर्तनले पारेको असरलाई ध्यानमा राख्दै त्यसलाई नियन्त्रण गर्न सकेमात्र पृथ्वीको संरक्षण हुने विज्ञहरुको भनाइ छ ।

पृथ्वी दिवसको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा उपस्थित सामाजिक कार्यका अगुवाहरुले अहिले पृथ्वीको संरक्षण गर्नु अत्यावश्यक भएको बताए । पृथ्वीको संरक्षणका लागि सम्बन्धित निकायले चासो राख्नुपर्ने बेला भइसकेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

विज्ञहरुले पृथ्वीको संरक्षणका बारेमा बेलैमा चासो नदिने हो भने भविष्यमा विकराल अवस्था आउन सक्नेप्रति सचेत गराएका छन् ।

टिप्पणीहरू