शिक्षा मन्त्रालयले इन्धन सुविधा कटौती गर्ने

शिक्षा मन्त्रालयले इन्धन सुविधा कटौती गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्धन खर्चमा मितव्यतिता कायम गर्न आग्रह गरेको छ । मन्त्रालय मातहतका सबै केन्द्र, प्रतिष्ठान, आयोग, संस्थान, समिति, बोर्ड, परिषद्, कार्यालयहरुलाई परिपत्र गर्दै इन्धन खर्चमा मितव्ययिता कायम गर्न आग्रह गरिएको हो ।

क्याविनेटको चैत ३० गतेको निर्णयानुसार वैदेशिक मुद्राको सञ्चितिमा परेको चापले अनावश्यक आयातमा नियन्त्रण गर्नुपर्ने देखिएको र वैदेशिक मुद्राको ठूलो मात्रा उपयोग इन्धन आयातमा हुने गरेकोले सबै निकायलाई इन्धन शीर्षकमा २० प्रतिशतले कटौती गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हो ।

यो व्यवस्था आउँदो असार मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू