आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर १५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ४७ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा ३२ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै दुई सय ९८ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा छ जनामा संक्रमण देखिएको छ । ललितपुरमा दुई र भक्तपुरमा भने नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ४२ रहेको छ । भक्तपुरमा छ र ललितपुरमा १५ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू