अभिनेत्री केकी सुश्रीबाट श्रीमतीमा परिणत

अभिनेत्री केकी सुश्रीबाट श्रीमतीमा परिणत

अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले हाम्रो बजार डट कमका सिइओ रोहित तिवारीसंग आज लगनगाँठो कसेकी हुन् । पारिवारिक सदस्य र केही साथीभाइबीच छोटो छरितो तरिकाबाट उनले बिहे गरेको बताइन्छ ।

हिजो केकी र रोहितले मेहन्दी उत्सव मनाएको तस्विर सामाजिक सन्जालमा भाइरल भएको थियो । फुडमारियोको सिइओसमेत रहेका केकीका पति रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिका धनाढ्यको सूचीमा परेका थिए । केकी र रोहितबीच केही समयदेखि प्रेम सम्बन्ध थियो ।

टिप्पणीहरू