मनाङ होटलको छैठौं तलाबाट कसले खसाल्यो विदेशीलाई ?

मनाङ होटलको छैठौं तलाबाट कसले खसाल्यो विदेशीलाई ?

काठमाडौंको ठमेलस्थित होटल मनाङको छैठौं तलाबाट खसेर एक जना पर्यटकको ज्यान गएको छ । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक हुन् ।

प्रहरीका अनुसार मृतक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी हुन् ।

घटनाको अनुसन्धान तथा सोधपुछको निम्ति होटलमा बस्दै आएका एक जना बेलायती नागरिकलाई प्रहरीले हिरासतमा लिएको छ । छैठौं तलाबाट उनी हाम्फालेका हुन् वा कसैले खसाइदिएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यता होटलले भने आइरिस नागरिकले अस्ति बेलुका अत्यधिक रक्सी खाएर अर्ध बेहोस अवस्थामा रहेको बताएको छ । होटलमा उनीहरु कहिलेदेखि बसेकोलगायतका थप जानकारी दिन त्यहाँका कर्मचारी अनकनाएका छन् ।

टिप्पणीहरू