भारतमा कोरोना बढ्यो, दिल्लीमा मास्क अनिवार्य

भारतमा कोरोना बढ्यो, दिल्लीमा मास्क अनिवार्य

पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । विगत केही सातादेखि त्यहाँ कोरोना संक्रमणदर निरन्तर उकालो लागेको हो ।

कोरोना बढेसँगै दिल्ली, हरियाणा र उत्तर प्रदेशका सरकारले आफ्ना नागरिकहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । सार्वजनिक स्थलमा मास्क नलगाई हिड्नेलाई पाँच सय रुपैंया जरिवाना गरिने पीटीआईले जनाएको छ ।

केही महिनादेखि कोरोना मत्थर भएपछि त्यहाँका नागरिकले मास्क लगाउन छोडेका थिए । जसको कारण कोरोना संक्रमण बढेको बताइन्छ ।

गत २४ घण्टामा भारतमा दुई हजार तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । भारतमा अप्रत्याशित तवरले बढेको संक्रमण नेपालमा पनि हाबी हुने होइन् भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । खुल्ला सीमानाले गर्दा यहाँ जोखिम बढेको हो ।

यसअघि पनि खुल्ला सीमानाबाट भएको ओहोरदोहोरले नेपालमा संक्रमणले विकराल रुप लिइएको थियो । यसपटक पनि बिना रोकतोक हुने आवतजावतले भयावह अवस्था ल्याउने देखिन्छ ।

टिप्पणीहरू