अष्ट्रेलियामा अर्का एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

अष्ट्रेलियामा अर्का एक नेपाली विद्यार्थीद्वारा आत्महत्या

अष्ट्रेलियामा फेरि अर्का एक जना नेपाली विद्यार्थीको निधन भएको छ । उनले आत्महत्या गरेको बताइएको छ । अप्रिल १९ तारिखका दिन धिरज रानाभाटले आत्महत्या गरेको त्यहाँको नेपाली समाजले जनाएको हो ।

चितवनका धिरजले सिड्नीको च्याट्सवुडस्थित आफ्नै निवासमा स्थानीय समयअनुसार साँझ ५ बजेको समयमा आत्महत्या गरेका हुन् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुले आत्महत्या गर्ने र समुन्द्रमा पौडी खेल्ने क्रममा ज्यान जानेको संख्या पछिल्ला वर्षमा निकै बढेको छ ।

टिप्पणीहरू