आज पनि संक्रमितभन्दा निको हुने दोब्बर

आज पनि संक्रमितभन्दा निको हुने दोब्बर

पछिल्लो २४ घण्टामा मुलुकभर १३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । तीन हजार आठ सय ७७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार पाँच सय २८ जनामा पीसीआर र एक हजार तीन सय ४९ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

आज २५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर तीन सय १८ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन् ।

टिप्पणीहरू