ललितपुरको पाटनढोकामा डकुमेन्ट्री र सेलिब्रेटीहरुको जमघट

ललितपुरको पाटनढोकामा डकुमेन्ट्री र सेलिब्रेटीहरुको जमघट

दक्षिण एसियाली वृत्तचित्र (डकुमेन्ट्री) हरुको महोत्सव फिल्म साउथ एसिया–२०२२ भोलिदेखि सञ्चालन हुने भएको छ । चार दिनसम्म चल्ने उक्त महोत्सव ललितपुरको पाटन ढोकामा हुन लागेको हो । पाटनढोकास्थित यलमाया केन्द्रमा हुने फेस्टिभलको यसपटकको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ ।

१३ औं संस्करणको उक्त महोत्सवमा आठ मुलुकमा ७१ वटा चलचित्र देखाइनेछ । कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमै यस पटकको महोत्सव हुन लागेको हो । महोत्सव उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकारहरुको उपस्थिति रहने छ ।

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे छलफल समेत हुँदैछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा पुरस्कृत नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने जानकारी दिइएको छ ।

टिप्पणीहरू