सिके राउतले जनकपुरको मेयर तोके

सिके राउतले जनकपुरको मेयर तोके

जनमत पार्टीका अध्यक्ष सिके राउतले आगामी स्थानीय तहको निर्वाचननिम्ति जनकपुर उपमहानगरपालिकामा मेयरको उम्मेदवार प्रस्ताव गरेका छन् । उक्त पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यससम्बन्धी निर्णय गरेको बताइएको छ ।

राउतको अध्यक्षतामा बसेको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा पार्टी केन्द्रीय सचिव अनिता देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । साथै जनमतले अन्य एक सय ११ वटा पालिकाका प्रमुख तथा उपप्रमुखको पनि टुंगो लगाएको जनाएको छ ।

टिप्पणीहरू