भारतबाट ब्राउनसुगर बोकेर ल्याउने सिन्धुपाल्चोक र तेह्रथुमका

भारतबाट ब्राउनसुगर बोकेर ल्याउने सिन्धुपाल्चोक र तेह्रथुमका

झापामा ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका ६ मेची पुलबाट करिब ६ ग्राम ब्राउनसुगरसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १० घर भएका २८ वर्षीय सविन गोले तामाङ र तेह्रथुम आठराई गाउँपालिका ७ घर भएका २७ वर्षीय धनवीर बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवै जना उक्त लागूऔषध बोकेर भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेका हुन् । प्रहरी कार्यालय काकँडभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काकँडभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू