अपमान सहेर चुनावी तालमेल नगर्ने माधव नेपालको चेतावनी

अपमान सहेर चुनावी तालमेल नगर्ने माधव नेपालको चेतावनी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई अपमान गर्न खोजेको भन्दै त्यस्तो अपमान सहेर चुनावी तालमेल नगर्ने चेतावनी दिनुभएको छ । आज काठमाडौंमा भएको पार्टी एकता कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टी अपमान सहनकै लागि नजन्मेको बताउँदै भन्नुभयो, ‘त्यसविरुद्ध विद्रोह गर्न जन्मेको हो ।’ अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्ति र सामथ्र्यमा विश्वास गर्दै आएको स्पष्ट पार्नुभयो । साथै, उहाँले अस्वाभाविक मूल्यांकन र अवमूल्यन दुवै पक्ष सबै पार्टीको लागि राम्रो नहुने धारणा राख्नुभयो ।

‘हामी अपमान सहनलाई जन्मेका होइनौं, अपमानविरुद्ध विद्रोह गर्दै जन्मेका हौं, उहाँले भन्नुभयो, ‘हामीलाई आफ्नो शक्ति र सामथ्र्यमा विश्वास छ ।’

उहाँले पार्टी स्थापनाको सात महिनामै वडा वडामा फैलिएको र पार्टी प्रवेश गर्नेको लहर लागेसँगै नागरिकको विश्वास बढेको जिकिर गर्नुभयो ।

टिप्पणीहरू