आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

आज कोरोना संक्रमितभन्दा निको हुने धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर १० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार चार सय तीन जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै तीन सय ३४ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा सात जनामा संक्रमण देखिएको छ । ललितपुर र भक्तपुरमा भने नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३५ रहेको छ । भक्तपुरमा तीन र ललितपुरमा १३ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू