काँग्रेसद्वारा राप्रपा नेतालाई मेयरमा सिफारिस

काँग्रेसद्वारा राप्रपा नेतालाई मेयरमा सिफारिस

नेपाली काँग्रेसले संविधानसभा सदस्य तथा पूर्वराप्रपा नेता इस्तियाक अहमद खानलाई सिद्धार्थनगर नगरपालिकाको मेयरमा सिफारिस गरेको छ । काँग्रेस रुपन्देही जिल्ला सभापति तथा गृहमन्त्री बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणको अध्यक्षतामा रहेको जिल्ला कार्य समितिले उक्त सिफारिसलाई सदर गरेको हो ।

खान केही समय अघिसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिए । राप्रपाले भने पूर्वमेयर सागरप्रताप राणालाई मेयरमा उठाउने निश्चित छ । २०७४ को निर्वाचनमा उक्त नगरपालिकामा एमाले विजयी भएको थियो ।

टिप्पणीहरू