केपीका दुई कमरेडले माधव नेपाल रोजे

केपीका दुई कमरेडले माधव नेपाल रोजे

माधव नेपालले मात्रै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नसक्ने निचोड निकाल्दै नेकपा एमालेका दुई उच्च तहका नेता एकीकृत समाजवादीतिर लागेका छन् । एमाले कर्णाली प्रदेश कमिटी सदस्य तथा डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष अंगत राना र डोल्पा जिल्ला कमिटी सदस्य तथा छार्का ताङसोङ गाउँ पालिकाका अध्यक्ष सेनाङ गुरुङले माधव नेतृत्वको समाजवादी रोजेका हुन् ।

उनीहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ’संविधान, संघीय लोकतन्त्र, गणतन्त्रलाई संस्थापन गर्न कमरेड माधवकुमार नेपालले लिनुभएको कदममा सहमति जनाउँदै आजैका मितिबाट एमालेको साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छौँ ।’

एमाले छाड्दै उनीहरुले गत संघीय तथा प्रदेशसभा चुनावमा दुई तिहाइ जनमत दिएर एमालेलाई सत्तामा पुर्याए पनि सोअनुसारको काम गर्न नसकेको आरोप लगाएका छन् । त्यस्तै, जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गणतन्त्र, संसदीय मर्यादा, संविधानको सर्वोच्चता जस्ता उपलब्धिहरुको रक्षा गर्दै मुलुकलाई सही मार्गमा लैजाने जिम्मेवारीबाट एमाले चुकेको उनीहरुको निश्कर्ष छ ।

टिप्पणीहरू