सडकका सन्तानमाथि समस्या

सडकका सन्तानमाथि समस्या

पत्याउनुहुन्छ,सडकमा छाडिएका गाईबाच्छामाथि समेत राजनीति हुन्छ ? अहिले यस्तै राजनीति गरिरहेका छन् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालहरुले । कोराना र लकडाउनका कारण हुँदा खाने बर्ग मात्र होइन सम्भ्रान्त बर्ग नै प्रताडना भोगिरहेका छन् । यस्तो समयमा सडकमा छाडिएका गाईबाच्छा हेर्ने फुर्सद कस्लाई ?

तर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल आफैं सडकमा निस्किए । भेटिएका गाईबाच्छा बाच्छा बटुले र ती बाच्छाबाच्छीहरु गोर्कणतिर उत्तम पुडासैनीद्धारा सञ्चालित गाईफार्मतिर पुर्याइयो । तर भन्छन नि जो देख्दा हो होता नहीँ । यही पछि प्रदीपहरुको राजनीतिक स्वार्थ जोडिएको छ ।

पशुपति क्षेत्र विकास कोषभित्रै झण्डै १६ रोपनी क्षेत्रफलमा झण्डै एक सय बेबारिस गाईहरु पालिँदै आएको छ । जस्लाई नन्दी गौशाला भनिन्छ । विगत ५ बर्षदेखि । त्यहाँ सयभन्दा बढी गाई बाच्छा पालिदै आएको छ । मूलघर काभ्रेका रामबहादुर न्यौपानेद्धारा सञ्चालित सो गौशाला कुनै आधुनिक व्यावसायिक गाईफार्मभन्दा कम छैन् । तर न त उनले त्यो व्यापारिक प्रयोजनका लागि चलाएकै ह्ुन । पशुपति आसपास र सडकमा बेबारिसे डंगले छाडिएका गाइबस्तु उद्धार गर्ने उदेश्यले ५ बर्षदेखि उनी निस्वार्थ ढंगले गाईको सेवामा होमिएका पात्र हुन् ।

नेपाल यस्तो देश जहाँ,कुकुरको सेवा गर्ने संस्था छ, मान्छेको सेवा गर्ने संस्था छ । तर, राष्ट्रिय जनावर गाईको ?  अहँ,कुनै संघसंस्था छैन् । यही देखे पछि हो रामबहादुरले खाइरहेको जागिर छाडेर ५ बर्षदेखि निस्वार्थ ढंगले गाईको सेवामा होमिएका । जतिखेर पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डन थिए,उनैले हो रामबहादुरको कामबाट प्रभावित भएर त्यहाँको १५ रोपनी जग्गा नन्दी गौशाला सञ्चालनका लागि दिएका ।

पशुपति क्षेत्र विकास कोषबाट पाएको सहयोग अहिलेसम्म त्यति नै हो । बरु बीचमा प्रदीप ढकाल सदस्य सचिव भएर आए पछि नन्दी गौशाला सञ्चालनका लागि पटक पटक अड्चनहरु श्रृजना गरिदिए ।  यद्यपि उनको गति रोकिएको छैन् । रामबहादुरको यो सामाजिक काम काठमाडौं मात्र सीमित छैन् । उनले काभ्रेका नमोबुद्ध वडा नम्बर ६ रहेको आफ्नै जग्गामा ५० बेबारिसे गाईको उद्धार गरेर पाल्दै आएका छन् । काभ्रेकै बेथानचोकमा अर्काे गाईफार्म सञ्चालित छ । उनको यो गाईफार्म सञ्चालानार्थ पाएका दुखका पहाड लेखिसाध्य छैन् । सदस्यहरुको दिनको १० रुपैंयाका दरले उठाएर गौशाला चलाइरहेका छन् ।

उनले बेबारिसे गाईहरु मात्र पालेका छैनन् । सडकमा भेटिएका टुहुरा र बेबारिसे बच्चाहरुको उद्धार गरेर पाल्दै आएका छन् । यस्ता बालबच्चा ३० जना हाराहारी छन् । यसरी उद्धार गरेर पालिएका बालबच्चाहरु कोही भेटनरी कोही डक्टरी पढ्ने भइसकेका छन् । सरकारी मान्छेहरुबाट भोगेको त्राडना उस्तै छ । सरकारले गाइलाई राष्टिय जनावर त घोषणा गरेको छ ।तर दुई सयभन्दा बढी बेबारिसे गाइबाच्छा उद्धार गरेर पाल्दै आएका रामबहादुरले अहिलेसम्म १ केजी नुन सरकारबाट निशुल्क पाएका छैनन् । अझ पनि हिन्दु संष्कारमा गर्भदेखि मृत्यु्सम्म गहुत नभई कर्म चल्दैन् । तर त्यही राष्टिय जनावर गाइमाथि चारैतिरबाट प्रहार भइरहेको प्रति दुख पोख्छन् उनी । तर प्रदीपहरुको धन्दा चाहिँ पशुपति बनकालीमै सञ्चालित गाईफार्मलाई डुबाएर उत्तम पुडासैनीहरुद्धारा सञ्चालित गाईफार्मको पक्षपोषणमा केन्द्रीत छ ।

टिप्पणीहरू