कुन कुन जिल्ला न्यायाधीश सर्वोच्च अदालतमा तानिए

कुन कुन जिल्ला न्यायाधीश सर्वोच्च अदालतमा तानिए

विवादास्पद फैसला गरेका कारण तीन जना जिल्ला न्यायाधीशलाई सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीशहरु नवीनकुमार जोशी, अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा झिकाउनुभएको हो ।

अछामका न्यायाधीश जोशीले बलात्कारको मुद्दामा पीडित भनिएकी युवतीलाई नै तीन वर्ष कैदको फैसला सुनाएको कारण सर्वोच्चमा तानिएको हो । हाल कार्यान्वयनमा नरहेको कानुनको दफा टेकेर सुनाइएको उक्त आदेश सर्वाधिक विवादमा तानिएको छ ।

उता काठमाडौँ जिल्ला अदालतका न्यायाधीशहरु अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई पनि यसअघि नै सर्वोच्चमा तानिएको थियो । निरौला र अधिकारीलाई पनि विवादमा तानिएपछि झिकाइएको सर्वोच्च अदालतको प्रशासन स्रोतले बताएको छ ।

टिप्पणीहरू