संक्रमित हुनेभन्दा निको हुने तेब्बर

संक्रमित हुनेभन्दा निको हुने तेब्बर

पछिल्लो २४ घण्टामा मुलुकभर १० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६ सय ९१ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

सोही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ७ प्रतिशत छ । मुलुकभर अझै तीन सय ५० जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौंमा चार जनामा संक्रमण देखिएको छ । ललितपुर दुई र भक्तपुरमा नयाँ संक्रमित फेला परेका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या २९ रहेको छ । भक्तपुरमा तीन र ललितपुरमा १३ जना छन् ।

आज संक्रमणका कारण कसैले ज्यान गुमाएका छैनन् । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५१ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू