सुशासन चुनाव चिह्नबारे अदालतमा छलफल

सुशासन चुनाव चिह्नबारे अदालतमा छलफल

नेपाल सुशासन पार्टीले निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटउपर आज सुनुवाई हुने भएको छ । न्याधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पेशी तोकिएको हो ।

रिट निवेदकको तर्फबाट संविधानविद्समेत रहेका अधिवक्ता डा. भीमार्जुन आचार्यले बहस गर्ने बहेका छन् । विपक्षीबाट महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरू सहभागी हुनेछन् ।

यसअघि २८ चैत २०७८ मा न्यायाधीशहरू प्रकाशमान सिंह राउत र तेजबहादुर केसीको संयुक्त इजलासमा अन्तरिम आदेशबारे छलफलका लागि रिटको पेशी तोकिएको थियो । तर, समय अभाव देखाउँदै त्यसबेला ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

रिटमार्फत अध्यक्ष खरेलले आगामी तीन तहको निर्वाचनमा पार्टीको निर्वाचन चिह्न नै निर्वाचन आयोगबाट प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन् । ९ चैतमा रिट दायर रिटमाथि १३ चैतमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासले सुरुआति सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

टिप्पणीहरू