चिनियाँ यात्रीहरुको छ महिनासम्म अन्तरिक्षमा बास

चिनियाँ यात्रीहरुको छ महिनासम्म अन्तरिक्षमा बास

आफ्नै नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनासम्म बसेर तीन जना चिनियाँ अन्तरिक्ष यात्रीे सकुशल पृथ्वीमा अवतरण गरेका छन् ।

चिनियाँ अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि अन्तरिक्ष महत्वाकांक्षामा ठूलो ऐतिहासिक सफलता मिलेको बताइएको छ । चीनले चन्द्रमामा मानिस पठाउने योजनाका साथ अरबौं डलरको बजेट छुट्याएको छ ।

सन् १९५७ मा तत्कालीन सोभियत संघले स्पुत्निक यान प्रक्षेपण गरेलगत्तै चिनियाँ कम्युनिष्ट पार्टीका तत्कालीन अध्यक्ष माओत्सेतुङले ‘हामी पनि भूउपग्रह बनाउनेछौं,’ भनेका थिए ।

त्यसपछि चीनले सन् १९७० मा पहिलो पटक लङमार्च रकेटमार्फत् आफ्नो पहिलो भूउपग्रह प्रक्षेपण गरेको थियो । सन् २००३ मा पहिलो पटक चीनले अन्तरिक्षमा मानव पठाएको हो ।

टिप्पणीहरू