माधव नेपाललाई सडकमा छाड्न काँग्रेसको नैतिकताले दिँदैन : काँग्रेस उपसभापति

माधव नेपाललाई सडकमा छाड्न काँग्रेसको नैतिकताले दिँदैन : काँग्रेस उपसभापति

नेपाली काँग्रेसका उपसभापति एवम् स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा गठबन्धन र तालमेललाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

उहाँले हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित निर्वाचन परिचालन समिति बैठकमा बोल्दै माधव नेपाललगायतका पार्टीलाई सडकमा छोड्नु काँग्रेसको नैतिकताले नदिने बताउनुभएको हो ।

गठबन्धन र तालमेलबिना काँग्रेसको हालत पनि राम्रो नभएको बताउँदै उहाँले पाँच दलीय गठबन्धन बिना केन्द्रीय सरकार पनि नबच्ने उल्लेख गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले सोचविचार गरेरै गठबन्धनलाई निरन्तरता दिनुपर्ने भन्दै आएका छौं । काँग्रेसीहरुले यो कुरो मान्नुको विकल्प छैन ।’

बैठकमा खड्कासहित महामन्त्री विश्वप्रकाश शर्मा, सह–महामन्त्रीहरु डिना उपाध्याय भीष्मराज आङ्देम्बे तथा केन्द्रीय सदस्यहरू डा. शशांक कोइराला, नयनसिंह महर, जितजङ्ग बस्नेत, मीन विश्वकर्मालगायत नेता भएको बताइन्छ ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजै पार्टीका पूर्वस्थायी समिति सदस्य र प्रदेश इञ्चार्जहरुहको बैठकमा बोल्दै स्थानीय तहको चुनावमा सत्ता गठबन्धनबीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको यथार्थ चुहाउनुभएको छ ।

यसैबीच संखुवासभाको खाँदबारीमा चार दिनसम्म बसेको पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डामा कुरा नमिलेपछि तालमेल नगर्ने भन्दै सबै दलका प्रतिनिधि उठेका छन् ।

टिप्पणीहरू