माओवादी बरु एक्लै लड्ने एमालेसँग नमिल्ने

माओवादी बरु एक्लै लड्ने एमालेसँग नमिल्ने

नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय चुनावमा प्रतिपक्ष एमालेसँग चुनावी तालमेल नगर्ने भएको छ । वाम गठबन्धनका लागि माओवादी र एमाले दुबैतिरका दोस्रो तहका नेताहरु प्रयासरत रहेको चर्चा चलिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तालमेलको सम्भावना नरहेको प्रष्ट पार्नुभएको हो ।

सत्ता गठबन्धनमा चुनावी तालमेलको सैद्धान्तिक सहमति भए पनि भागबण्डा मिल्न नसकिरहेका बेला त्यसबारे छलफल गर्न आज माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । गठबन्धनमा तालमेलका लागि भएका छलफलबारे वैठकलाई बिफ्रिङ गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनभित्र चुनावी तालमेल नभए पनि एमालेसँग नगर्न निर्देशन दिनुभएको एक नेताले बताएका छन् ।

प्रचण्डले एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुने पार्टी पंतिलाई निर्देशन पनि दिनुभएको छ । पछिल्लो समय संगठन व्यवस्थित भैरहेको, पार्टी प्रवेशको लहर चलेको र जनताको आकर्षण माओवादीप्रति बढिरहेको प्रचण्डको भनाइ थियो ।

टिप्पणीहरू