नयाँ वर्षमा मन्दिर र धाममा सर्वसाधारणको घुईंचो

नयाँ वर्षमा मन्दिर र धाममा सर्वसाधारणको घुईंचो

आज नयाँ वर्ष २०७९ को पहिलो दिन बिहान हिन्दु र वौद्ध धर्मावलम्वीहरु बिहानैदेखि मन्दिर, धाम र गुम्बा पुगेका छन् । अन्यत्र सर्वसाधारणको उपस्थिति पातलो भए पनि धार्मिक स्थलमा मानिसको घुईंचो देखिएको हो ।

राजधानी काठमाडौंका पशुपतिनाथ, गुह्वेश्वरी, बगलामुखी, स्वयम्भु, बौद्ध, दक्षिणकालीमा दर्शनार्थीहरुको बिहानैदेखि बाक्लो उपस्थिति देखिन्थ्यो । उता काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, गोरखाको मनकामना, चितवनको देवघाट, नवलपुरको कालिका, बागलुङको कालिका मन्दिर र सुनसरीको चतराधाममा पनि श्रद्धालु भक्तजनको भीड लागेको छ ।

त्यसैगरी पर्वत , गुल्मी र स्याङजाको संगमस्थल सेतिबेनी र रिडीमा कालीगण्डकी नदीमा स्नान गर्ने र शिला तथा शालिग्रामको दर्शन गर्नेहरुको लर्को देखिन्छ ।

टिप्पणीहरू