तिब्बत शरणार्थीलाई परिचयपत्र बाँडियो

ललितपुरमा बस्दै आएका तिब्बती शरणार्थाीहरुलाई हिजो परिचयपत्र बाँडिएको छ । एकान्तकुनास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका शरणार्थीहरुलाई उक्त परिचयपत्र बाँडिएको हो ।

क्याम्प स्रोतका अनुसार शरणार्थीहरुको परिचयपत्र बाँडिएको नभई पुराना परिचयपत्रको नवीकरण मात्र भएको हो । हिजो दिउँसो पौने ३ बजेबाट शुरुभएको परिचयपत्र नवीकरण कार्य साँझ सवा ६ बजेसम्म भएको थियो ।

सो क्रम्ममा २०७ जना तिब्बती शरणार्थीहरुको परिचयपत्र नवीकरण गरिएको बताइएको छ । काठमाडौं उपत्यकाका ललितपुर, स्वयम्भू, बौद्ध र पोखरालगायतका क्षेत्रमा तिब्बती शरणार्थीहरु बस्छन् ।

टिप्पणीहरू